हल्दिवारी । 

झापाको हल्दिवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाललाई बिदाई गरिएको छ । २०७७ भदौ २५ देखी गाउँपालिका प्रमुखको रूपमा कार्यरत दाहाल गृह मन्त्रालयमा सरुवा भएको बताईएको छ ।

हल्दिवारी गाउँपालिकामा कर्मचारीले उनलाई मंगलबार बिदाई गरेका हुन् । उनी प्रमुख प्रशासकीय अधिकृत भएर गाउँ पालिका आउँदा लथालिङ्ग भएको गाउँपालिकादेखि तत्कालीन अध्यक्ष, उपाध्यक्ष बिचको झगडाको बिच उनले सकुशल गाउँपालिकाको काम कारबाही अगाडि बडाएका थिए ।

आर्थिक पारदर्शी गर्दै काम गरेका प्रमुख दहाललाई गृह मन्त्रालयमा लगिएको छ भने यहा चुलाचुलि गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठलाई पठाएको छ ।

झापा जिल्लामै आर्थिक पारदर्शिता कायम गर्दै बेरुजु कम गर्ने  स्थानीय तहमा पहिलो नम्बर पार्न सफल दहाललाई आगामी शनिबार नागरिकहरुको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।