बिराटनगर । 

मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय तेल्लोकको प्रहरी टोलीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका–३ बस्ने ३६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय रङगेलीको प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ।