बिराटनगर।
नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको छ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए । नेपाल प्रहरी श्रीमती संघले बिगतदेखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो ।
‘रक्तदान जिवन दान’ भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।