झापा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट खैरो हिरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका वडा नं.४ पेल्टिमारीका ३३ बर्षिय सत्य नारायण याख्खा रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लाूुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध खैरो हेरोईनसहित याख्यालाई पक्राउ गरिएको हो ।
याख्खाको साथबाट चेकजाँच गर्ने क्रममा खैरो हेरोईन १ ग्राम ८०० मिलिग्राम फेला परपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।