झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगीबाट अबैध रुपमा काठ लिएर जाँदै गरेका तीन वटा मोटरसाइकल प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नम्बरको मोटसाईकलमा सिसौं जातको गोलिया ३ थान अन्दाजी २६.०३ क्युफिट लोड गरी लादैं गरेका अवस्था नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीलाई देख्ना साथ मोटरसाइकल र गोलिया छाडेर भागेको र उक्त काठ बरामद गरी आवश्यक कार्वाहीको लागि इलाका वन कार्यालय बेलडाँगी दमकमा बुझाईएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलहरु इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।