झापा ।
बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा १० की ४० बर्षिया टिकामाया भट्टराईरहेकी छिन् ।
भट्टराई उच्च अदालत बिराटनगर इलाम इजलासको मिति २०७९।०३।०८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।