मोरङ ।

चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन २ दिन कैद १० हजार रुपैयाँ जरीवाना तोकिएता पनि  हालसम्म फरार रहँदै आएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाल रहेका छन् । फरार रहेका दाहाललाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले सोमवार (आज) गाउँघरमै पक्राउ गरेको हो ।

पक्राउ परेका दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङ बुझाईएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।