झापा ।

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई  प्रदान गर्ने निर्णय भएको छ ।कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) लाई  प्रदान गरिने भएको हो ।

प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी  र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले  प्रतिभा छनौट गरेको हो ।  

गठित समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको हो । झापाली  कनकाई साप्ताहिकका सम्पादक समेत रहेका छन् ।

 पुरस्कारको राशि जनही २१ हजार रहेको छ । पुरस्कार भदौ १ गते गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा बितरण गरिने प्रेस सेन्टर झापाका अध्यक्ष  रेग्मीले बताए । तत्कालीन साही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पु¥याएर हत्या गरेको थियो ।

जनपक्षीय पत्रकार देव कुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यस अघि चन्द्र भण्डारी,  लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भईसकेका छन् ।