सुनसरी । 

मोटरसाईकल चोरी मुद्दामा  सुनसरी जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र पाँच हजार जरीवाना तोकिएता पनि हालसम्म फरार रहँदै आएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१५ का ३७ बर्षीय बन्धन लिम्बु  रहेका छन् । फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले गाउँघरबार्ट पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत सुनसरी बुझाईएको प्रदेश प्रहरीले जनाएको छ ।