झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको दुध पाउडर प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याइएको दुई सय केजी दुध पाउडर एकला रुपैयाँ मूल्य बराबरको पक्राउ गरेको हो । 

प्रहरीले भन्सार छलेर ल्याइएको दुईसय केजी दुध पाउडर  एकलाख रुपैयाँ मूल्य बराबरको रहेको जनाएको छ । त्यस्तै मेचीनगर–६ स्थित काठमिल छेउबाट नेपालबाट अबैध रुपमा भन्सार छलेर भारततर्फ लादैं गरेको १५ हजार रुपैयाँ मूल्य बराबरको ३० केजी सुपारीसहित एकलाख १५ हजार रुपैयाँ बराबरको अवैध सामान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।