गौरीगञ्ज ।
झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ जनता टोलस्थित मान्छे नबस्ने ग्वालीबाट प्रहरीले अवैध चिनी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले जिल्ला भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याएर लुकाएर राखेको अवस्थामा चिनी मरामद गरेको हो ।
प्रहरीले ३१ बोरा चिनी एकला ११ हजार रुपैयाँ मूल्य बराबरको एकहजार ५ सय ५० केजी चिनी लुकाएर राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
उक्त चिनी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।