- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले स्थानीय क्षेत्रका समस्या समाधानमा दृढतापुर्वक लागि पर्ने प्रतिबद्द्ता ब्यक्त गरेका छन् ।
झापाको भद्रपुर १० स्थित सेन्ट कुजुर एकाडेमीको समन्वयमा शनिवार बिद्यालयमा आयोजित स्थानीय समस्या सम्बन्धी छलफल कार्यक्रममा नगर प्रमुख पोखरेलले सो धारणा राखेका हुन् ।
छलफल कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. १० को सेन्ट कुजुर एकाडेमी र बिर्तामोड नगरपालिका वडा नं. ८ को शुक्रराज आ.बि. बिचमा पर्ने देउनिया खोलामा झोलुङ्गे पुलको निर्माण, चन्द्रगढ जाने बाटोमा बाढीले भत्काएको पुल पुन निर्माण, बरपिपल टोल क्षेत्रमा सडक बत्ती, खानेपानी, भित्री सडक स्तर उन्नती, हात्तीले पुर्याएको क्षति लगायतका समस्याहरु स्थानीय बासीहरुले राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख पोखरेलका साथै वडा नं.१० का वडा अध्यक्ष टेकबहादुर खडका काजी, वडा सदस्य दुर्गा दाहाल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य घनश्याम अधिकारी, नेकपा (माओबादी केन्द्र) भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभन्डारी, नेपाली काङ्ग्रेसका मदन सुब्बा र स्थानीय अग्रज शुशिला पौडेलले आ–आफ्नो भनाई राखेका थिए ।
सेन्ट कुजुर एकाडेमीका शिक्षक राजु बरालले सञ्चालन र पार्वती उप्रेतीको स्वागत गरेको कार्यक्रमको अध्यक्षता भद्रपुर १० बरपिपल टोलका जेष्ठ अभिभावक फत्तेबहादुर कार्कीले गरेका थिए ।