बुट्टाबारी । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिबिहिन फुलनदेबी राजवंशी र सुमित राजवंशीलाई आर्थिक सहयोग गरेको छ । दृष्टिबिहिन फुलनदेबीको पाठेघरमा ट्युमर असक्त भएर घर मै बसेको र श्रीमान सुमित पनि अपाङ्गता रहेकोले उपचार गर्ने आर्थिक अवस्था नभएकाले अभियानले  १६ हजार हजार पाँच सय रुपैयाँ प्रदान गरेको हो ।

  अगरबती आदि बेचेर आएको रकमले दुई छाक मुस्किलले चलेको भन्दै सहयोगका लागि  फुलनदेवीले आह्वान गरेकी थिइन् । सामाजिक अभियन्ता गणेश ढुंगानामार्फत  उनलाई सहयोग गर्न विभिन्न सहयोगी मनका धनिहरुलाई आग्रह गरिएको थियो ।   ट्युमर अप्रेशनका लागि  बिर्तामोड ५ का सामाजिक ब्याक्तित्वहरु बिबेक प्रसाई  (केसरी)बाट १० हजार, सस्थाका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाबाट पाँच हजार र अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्गनामबाट एक हजार र रन्जु प्याकुरेलबाट पाँच सय गरि १६ हजार पाँच सय राजवंशी दम्पतीलाई हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा सामाजिक ब्याक्तित्वहरु जगत हादुर मगर, बिपि कोइराला, रन्जु प्याकुरेल, मोहनकुमार योगी, मोहन प्रसाई, सचिब अभिचन्द्र बासकोटा, तिलक बिश्वकर्मा लगायतले सराहनीय कार्यप्रती धन्यवाद दिएका थिए ।

सामाजिक अभियन्ता गणेश ढुंगानाको अध्यक्षता तथा अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्गनामको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको सहजीकरण सन्चारकर्मी रन्जित परियारले गगरेका थिए ।