झापा । 

झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरगत धौलापुलमा जानकारी मुलक बोर्ड राखिएको छ ।  निमार्णाधिन सडकमा पर्ने धौला पुल सांघुरो भएकै कारण दैनिक जसो दुर्घटना हुन थालेको भन्दै पुर्वेली मजदुर यातायातको सहकार्यमा संकेत चिह्न मुलक बोर्ड राखिएको हो । 

ट्राफिक पोष्ट तथा स्थायी प्रहरी चौकी  बिर्ताबजारको समन्वयमा गरिएको संक्षिप्त कार्यक्रममा पुर्वेली मजदुर यातायातका अध्यक्ष तथा बिर्तामोड ३ का वडा सदस्य हरी बांस्कोटा, सचिव गणेश कोइराला, ट्राफिक पोष्ट बिर्ताबजारका जवान बिर्जु महतो, हवल्दार सरोज यादव, प्रहरी चौकीका इन्चार्ज प्रविन खड्का लगायतको उपस्थिती रहेको थियो ।