झापा । 

झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आईतबारेका दुई जना बालक पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको छ । आईतबारेका सुस्मा सुन्दासकी छोरी अन्दाजी ११ बर्षिया एन्जिला सुन्दास र सोही स्थानका ध्रुर्ब राईको छोरा अन्दाजी १२ बर्षिय सिकुम राई पौडी खेल्न क्रममा डुवेर मृत्यु भएको हो । 

पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा कनकाई सिँचाई नहरको किनारमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले प्रहरी निरीक्षकको टोली र अस्थाई प्रहरी पोष्ट माईधारको प्रहरी सहायक निरीक्षकको टोलीले स्थानीय समेतको सहयोगमा खोजतलास गरेको थियो । 

खोजी गर्ने क्रममा उनीहरुको कपडा रहेको स्थान देखी करिब ४ किलोमिटर . पश्चिम कनकाई–७ स्थित सताक्षी खोलामा दुबै जना पानीमा डुवेर मृत अवस्थामा फेला परेका थिए । घटनाको इलाका प्रहरी कार्यालय झिलझिले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।