झापा । 

बहुबिवाह मुद्दामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ४३ बर्षिय होमप्रसाद दंगाल रहेका छन् । 

दंगाल झापा जिल्ला अदालतको मिति २०७६।०१।०८ गतेको फैसला बमोजिम बहुबिवाह मुद्दामा फरार रहेका थिए ।  जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ेपक्राउ गरी बिहीवार (आज) फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएको हो ।

अदालतको आदेशले दंगाललाई  कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भए अनुसार हार्ल  जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।