झापा। 

झापाको मेचिनगर नगरपालिका–६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

बिहीवार (आज)  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रु  बाहक बसले बाटो क्रस गर्दै गरेका स्थानिय पैदल यात्रि  ४० बर्षीत चेतनाथ फुयाललाई ठक्कर दिएर घाईते भएका थिए । 

घाइते फुयालको तत्काल उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले  नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।