झापा।

झापाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

त्यसैगरी लागू औषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ चारपानेबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको छ ।

त्यस्तै झापाकै दमक नगरपालिका –९ ईटाभट्टाबाट ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरपालिका –१ बस्ने ३३ बर्षीय भिमबहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजारसहित पक्राउ गरेको छ । 

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका चारै जनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।