मोरङ । 

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर दिएर आफ्नो घर अगाडी बसिरहेकी  ६१ बर्षीया सितादेबि ढकाल घाईते भएकी थिईन । ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मोटरसाईकल र चालक  मोरङ बेलबारी–६ का २३ बर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिएर  घटना सम्बन्धमा  ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।