झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित चिया बगानमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का अन्दाजी ३५ बर्षिय लालबहादुर दर्जी रहेका छन् । 

शंकास्पद अवस्थामा हिडिरहेका दर्जीलाई चेकजाँच गर्दाउनको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ४ ग्राम र गाँजा जस्तो देखीने पदार्थ २ ग्राम १३ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

दर्जीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।