मोरङ ।
मोरङको रतुवामाई नगरपालिका–४ पैयामारीबाट निषेधित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी झुर्कीयाको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तरतर्फ साईकलमा सवार रहेका मोरङ रतुवामाई नगरपालिका–७ बस्ने १९ बर्षीय राहुलकुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका–७ बस्ने २२ बर्षीय युगल लिम्बुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहदेश प्रहरीले जनाएको छ ।