सुनसरी ।

सुनसरीको  रामधुनि–३ स्थित दतकिच खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । सोमवार (आज) स्थानीय ३२ बर्षीय मग्न साहु सोहि खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबेर बेहोस भएका थिए ।

अस्थाई प्रहरी पोष्ट झुम्का प्रहरी टोली साहुको उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बिषयमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।