सुनसरी। 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहको प्रहरी टोलीले एक जना फरार ब्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ  जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका धरान उप–महानगरपालिका–१७ डाडाँघोपा बस्ने २८ बर्षीय सोमान खत्रीलाई पक्राउ गरेको हो । 

फरार प्रतिवादी खत्रीको खोजतलासगर्दा गाँउघरमा नै लुकेर बसेको अवस्थामा फेला पारी आईतबार पक्राउ गरी  सम्मानित सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाएको प्रदेश प्रहरीले जनाएको छ ।