सुनसरी ।

सुनसरीबाट लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका –४ का २७ बर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्तसिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् । 

गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम ७ हजार नगदसहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुलेसँगै प्रहरी टोलीले बिर्तसिंह राईलाई ईटहरी उपमहानगरपालिका ५ मा फेला पारी शरिर तलासी लिंदा ब्राउन सुगर ६ ग्राम ७६० मिलग्राम फेला परेको हो ।

थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी गर्दा करुवा भित्र लुकाई राखेको अवस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ । लागूऔषध कारोबारमा समंलग्न रहेका चारै जनाको ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरी जिल्ला अदालतबाट म्याद थप भएपछि अनुसन्धान गरिरहेको प्रदेश नंं १ प्रहरी कार्यालयले जनाएको छ ।