झापा । 

झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ रबर बगान स्थित भित्रि सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । 

जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नं.को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अर्जुनधारा–७ का ६२ बर्षिया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो । 

दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाईते भएपछि उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । 

मोटरसाइकल चालक मृतकका छोरा ४४ बर्षिय सुमन कार्की सकुशल रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।