झापा । 

झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४  स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट अबैध रुपमा भन्सार छलेर ल्याइएको सामानसहित पिकअफ गाडी र चालक पक्राउ परेका छन् । 

नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलेर को १ च ६२३४ नं. को पिकअपबाट लादैं गरेको २६ कार्टुन बियर प्रहरीले पक्राउ गरेको हो । 

गाडीमा भएको ९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर साईन फिटो कोक १ कार्टुन, स्प्राईट ३ बण्डल (१.५ लि.) कोकाकोला २ बण्डल (१.५ लि.) र पिकअप सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

७ लाख ७८ हजार ६०० रुपैयाँ मूल्य बराबरको सामानसहित पिकअप चालक इलाम देउमाई–२ का २३ बर्षिय कपिल मगरलाई ईलाका प्रहरी केचनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल बि.ओ.पि. केचनाको ससस्त्र प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।