मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतवार (आज) लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका मोरङ बिराटनगर–१२ बस्ने २२ बर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ का ३१ बर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो ।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।