मोरङ। 

मोरङको बिराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय  ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।

करेन्ट लागेर गम्भिर घाईते भएका मुखियालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको प्रदेश प्रहरीले जनाएको छ ।