मोरङ ।
मोरङको जहदा गाउँपालिका–३ ठुलो हातिबन्दाबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा हालेर लुकाएर राखिएको ३८ किलो गाँजा बरामद गरेको हो ।
राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको प्रदेश प्रहरीले जानकारी गराएको छ ।