सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको संयोजनमा चारदिने ‘टट’ ट्रेनिङ सम्पन्न भएको छ । सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीसका अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यता रहेकोे थियोे ।
नेपाल जेसीजका तालिम संयोजक रिसव सिंह चाहारको संयोजकत्वमा आयोजित कार्यक्रमको समापन कार्यक्रममा नेपाल जेसीज पूर्व अध्यक्ष रमेश पोख्रेल , कनकाई नगरकि उप प्रमुख आशा शर्मा शिवाकोटी, पूर्व अध्यक्षहरु एलपी उप्रेती, कुमारमणि पोख्रेल, जविन तिम्सिना, शिवकुमार कँडेल, सरला दाहाल पोख्रेल, जनक कार्की, त्रिलोचन चिमरिया, निवर्तमान अध्यक्ष यदुका उप्रेतीलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट र निर्मला खड्का लगायतले तालिम अत्यन्तै प्रभावकारी रहेको बताएका थिए । कार्यक्रममा सुरुङ्गा जेसीस अध्यक्ष सुस्मा न्यौपानेले स्वागत गरेकी थिइन् ।
टट मोडेलको उद्देश्य मास्टर प्रशिक्षकहरूलाई संलग्न गराउने नै रहेकोे नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह सावाले जानकारी गराए । उनले नयाँ प्रशिक्षकहरूलाई कोचिङमा विशेष विषयमा कम अनुभवी कौशल वा समग्र प्रशिक्षणसँग टट कार्यशालाले सक्षमहरूको पोखरी निर्माण गर्न सफल भएको बताए । कार्यक्रममा अन्य मानिसहरूलाई सामग्री सिकाउन सक्ने प्रशिक्षकहरू तयार पारिएको थियो।
तालिममा नेपाल जेसीज क्षेत्र (क) मा आवद्ध जेसीज शाखाहरूबाट र जेसीज बाहिरका गरेर ५२ जनाले सहभागिता जनाएका जेसीज अध्यक्ष सुष्मा न्यौपानेले जानकारी दिइन् ।
सन् २००८ मा स्थापना भएको सुरुङ्गा जेसीज ले यस अघि सन् २०१३ मा पनि राष्ट्रिय स्तरको टट ट्रेनिङ सम्पन्न गरेको थियो । त्यसपछि सन् २०१८ मा क्षेत्र (क) सम्मेलन गरेर नेपाल जेसीजमा आफ्नो छवीलाई स्थापित गराएको थियो । तालिममा तिर्थ पौडेल, सेवक बजगाईँ र विमल श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीजका महासचिव राजु पाठक र जेसी मोहन श्रेष्ठले गरेका थिए ।