भद्रपुर । 

नेकपा एमालेनिकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् । महासंघको शनिबार (आज) विर्तामोडमा भएको सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

सबै पद सर्वसम्मत भएको समितिको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषध्यक्षमा डिकेन्सन पाण्डे चयन भएका छन् भने महेश लामिछाने, कृष्णप्रसाद पराजुली, धनराज इम्बुङ, मदन पौडेल, बाबुराम पोखरेल, ललितकुमार लिम्बू, टिकामाया दवाडी र सावित्रा फूँयाल सदस्यमा चयन भएका छन् । तारानाथ दाहाल र उमानाथ भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ ।

अधिवेशनले रञ्जना डाँगी, तारादेवी विश्वकर्मा, सुभाषकुमार विक, रमेश आचार्य, मानबहादुर कार्की, कृष्णप्रसाद अधिकारी, फडिन्द्रबहादुर कटुवाल र लक्ष्मीपसाद अधिकारीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।