बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालनमा आएको वेकरीज –द केक शप छोटो समयमा केकको लागि उत्कृष्ठ गन्तव्य बन्दै गएको छ । जन्मदिन, विवाह तथा युनिभर्सरीको लागि वा अन्य कुनै पनि अवसरका लागि केक चाहिएमा पहिलो रोजाई बेकरीज– द केक शप पर्ने गरेको सञ्चालक दिपेन्द्र राउतले बताएका छन् । वेकरीज द केक शपले गुणस्तरिय र ताजा केक उपभोक्ताहरुको रोजाई अनुसारको केक उत्पादन गर्ने गरेको बताइएको छ । 

शप उत्पादन मात्र नभएर तालिम पनि दिने गरेको छ । स्वदेशमा नै शीप सिकेर आत्मनिर्भर र व्यवसायिक बन्न चाहने तथा बैदेशिक रोजगारमा जाने युवाहरुलाई लक्षित गरेर वारिष्ठाको तालिम समेत दिदै आएको छ । 

दक्ष तथा अनुभवी प्राविधिकबाट तालिम दिइदै आएको शपले दुई महिनाको अवधिमा ५० जना भन्दा बढिलाई वारिष्ठा तालिम लिइसकेको सञ्चालक राउतले बताए । व्यवसाय मात्र नभएर दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा भएको मागलाई पुरा गर्नु, नेपाली युवा युवतीलाई शीप सिकाएर दक्ष बनाउनु पनि बेकरिद द केक शपको उदेश्य रहेको उनको भनाई छ । 

वारिष्ठाको तालिम दिदै आएको शपले बेकरीको पनि तालिम दिने भएको छ । विगत दुई महिना अघि सञ्चालनमा आएको शपमा बेकरीको तालिमको माग अत्याधिक भएको राउतले जानकारी दिए । स्वदेशमा नै व्यवसाय संचालन गर्नेदेखि लिएर शीप सिकेर बैदेशिक रोजगारमा जान चाहनेहरुको लागि दक्ष बेकरी सेफबाट तालिम प्रदान गरिदै आएको बताइएको छ । होम डेलिभरीको सुविधासहित सञ्चालनमा आएको शपले केक पारखीको लागि उचित गन्तव्य रहेको सञ्चालक दिपेन्द्र राउतले जानकारी दिएका छन् ।