मोेरङ।
मोरङ पथरी शनिश्चरे नगरपालिका –१ गुद्री बजार स्थितबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोली माझीलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।