झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ बाट लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राृ गरेको छ । प्रहरी चौकी बिर्ताबजार झापाको प्रहरी टोलीले बिर्तामोड ४ का ५६ बर्षिय डमरु दासलाई उनकै घरबाट पक्राउ गरेको हो ।
दासको घरबाट प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने २ केजी ३०० ग्राम र नगद २२ हजार रुपैयाँसहित प्रहरीले फेला परेकोले बरामद गरी नियन्त्रणमा लिएको हो ।
दासलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।