भद्रपुर ।
झापाको भद्रपुरमा ‘भद्रपुर महोत्सव’ शुरु भएको छ ।भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने, संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनिकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बद्र्धनलगायतका उद्देश्यदे महोत्सव गएिको हो ।
भद्रपुर युवा परिवारको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।खेलकुदलगायत सामाजिक गतिविधिमा सक्रिय भद्रपुर युवा क्लवले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाबाट स्वीकृति लिएर महोत्सव आयोजना गरेको क्लवका अध्यक्ष बिर्जु सहनीले जानकारी दिएका छन् ।
महोत्सवमा व्यावसायिक स्टलहरुका साथै रमाइलो मेला, बाटबाटिका र मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । १५ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण दुई दिन पछि धकेलिएको थियो ।
महोत्सवमा रोटेपिङ, मौतका कुवाजस्ता रमाइलो मेला, बालबालिकाको मनोरञ्जनका लागि सानाखाले पिङहरु, विभिन्न खेल–तमासा रहेका छन् भने दैनिक स्थानीय कलाकारहरुको प्रस्तुति रहेको क्लवका सदस्य कृष्ण वनले बताए ।
महोत्सव सम्पन्न गर्न लगभग २७ लाख रुपैयाँ खर्च हुने र सो रकम विभिन्न प्रायोजक, संघ–संस्था, स्टल बिक्री, कलाकारहरु आउँदाको टिकल बिक्रीबाट जुटाइने कोषाध्यक्ष रवि मुखियाले जानकारी दिए ।