झापा । 

कर्तव्य ज्यान  मुद्दाका फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं. ५ का ४९ बर्षिय रोशन सुन्दास रहेका छन् । 

तत्कालिन पुनराबेदन अदालत इलामको मिति २०७०।०३।०३ गतेको फैसला बमोजिम कर्तब्य ज्यान मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका सुन्दासलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराएर अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।