झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीडाँडा छेउबाट एक सय पचास केजी अवैध सुपारी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलेर लादैं गरेको १ सय ५० केजी ९० हजार रुपैयाँ मूल्य बराबरको सुपारी पक्राउ गरेको हो । 

पक्राउ परेको सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।