झापा ।
बाढीबाट बिस्थापित भएका झापा गाउँपालिका वडा नम्बर १ स्थित मिलन बस्तीका ५ परिवारलाई सुरक्षित स्थानमा बसोवासको प्रवन्ध, क्षतिको अवस्थाका बारेमा अनुगमन भएको छ ।
झापाका निमित्त प्रखुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, प्रहरी उपरिक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक प्रदिपसिंह कार्की र नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाललगायतले अनुगमन गरेका हुन् ।
माई खोलाको धार परिवर्तन हुँदा उनीहरु वाढीबाट विस्थापित भएका थिए । बिस्थापित हुनेपरिवाहरुका कैलाश टुडुसहित ५ जनाको परिवार, भैलालाल हस्दाको ४ जनाको परिवार, सर्मेन मुर्मु ४ जनाको परिवार, सागर मुर्मु ३ जनाको परिवार र सोम हस्दाको ४ जनाको परिवार रहेका छन् ।
अनुगमनका क्रममा विस्थापित परिवारलाई रेडक्रसको समन्वयमा तत्कालका लागि भाडाकुडा, कपडा त्रिपाल, म्याटलगायतका साहत सामाग्री प्रदान गरिएको जनाइएको छ ।