विराटनगर । 

बहुबिवाह मुद्दा र सवारी ज्यान मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुबिवाह मुद्दाका सुनसरी ईटहरी उप–महानगरपालिका वडा नं.२ का ३६ बर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उप–महानगरपालिका वडा नं. २० देबीगाउका २८ बर्षीय रामशरण राई रहेका छन् ।

 उनीहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाँउघरमा लुकेर बसेको अवस्थामा पोदारलाई बिहीवार (आज) र राईलाई गत १६ गते पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवैलाई अदालतबाट कैद भुक्तानको लागि कारागार पठाईएको छ । प्रतिवादी सुशिल पोदार भएको बहुबिबाह मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७७।०३। ०१ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरीवाना भई लगत नं. ६३६ मा कैद तथा जरीवाना र प्रतिवादी रामसरण राई भएको सवारी ज्यान मुद्दामा मोरङ  जिल्ला अदालतको मिति २०७८।०९।२८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र २ हजार रुपैयाँ जरीवाना भई लगत नं. १६३६ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिबादी भएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।