झापा । 

लागूऔषध मुद्दामा फरार रहेकी एक प्रतिबादी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं.७ की २७ बर्षिया मनजीता सहनी रहेकी छिन् । 

जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले उनलाई पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । सहनी झापा जिल्ला अदालतको मिति २०७५।१०।१६ गतेको फैसला बमोजिम  लागूऔषध मुद्दामा फरार रहेकी थिइन् । 

अदालतको आदेशले अनुसार प्रतिबादी सहनीलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । उनलाई २ बर्ष कैद र एकलाख रुपैयाँ जरिवाना तोकिएको छ ।