झापा । 

शिवाकोटी समाज नेपाल झापाले निर्माण गरेको कालीनाग मन्दिर, कालीमुडा दुर्गापुरमा श्री नाग पञ्चमीको पारेर विधिवत कालीनागको पूजा अर्चना गरेका छने छ । 

कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष तथा पूर्व मेयर (बिर्तामोड) ध्रुबकुमार शिवाकोटी, केन्द्रिय सदस्य भानुप्रसाद शिवाकोटी, पूर्वाञ्चल क्षेत्रीय सल्लाहकार हरिचरण शिवाकोटी, मोहन शिवाकोटी, दुर्गाप्रसाद शिवाकोटी लगायतले नाग पुजाको महत्वका बारेमा आ–आफ्नो भनाई राखेका थिए । 

समाजका झापा उपाध्यक्ष दुर्गाप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन झापा सचिव भूपाल शिवाकोटीले गरेका थिए ।   कार्यक्रममा पूजा अर्चना सकिएपछि प्रसाद वितरण र नाच, भजन,  कीर्तन गरिएको  थियो।

 त्यसैगरी अर्जुनधारा जलेश्वरधाममा रहेको कालीनाग मन्दिरमा पनि शिवाकोटी समाज नेपाल झापा क्षेत्र नं ४ को आयोजनामा सामुहिक रूपमा नाग देवता को पूजा तथा अर्चना गरिएको  क्षेत्रीय अध्यक्ष छविलाल शिवाकोटीले जानकारी दिए ।