झापा ।

झापाको अर्जुनधाराबाट लागूऔषध ब्राउन सगुरसहित एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारीस्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छन् ।

अस्थाई प्रहरी चौकी सालबारीको प्रहरी टोलीले गिरीलाई लागूऔषध ब्राउन सुगर १ ग्रामसहित कोठैबाट पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।