झापा ।
देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।