मोरङ ।
मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ ।
मंगलबार (आज) कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को.१ ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडेर घाईते भएका थिए ।
घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक रतुवाईमाई नगरपालिका–२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।