उदयपुर। 

उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाईलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ । मुर्कुची बजारबाट घरतर्फ फर्कदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक खोलाले बगाएको थियो ।

तत्काल प्रहरी चौकी सुकौराको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको थियो।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ।