मोरङ। 

मोरङको बिराटनगर महानगरपालिका–१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको छ ।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखरीमा मृत अवस्थामा फेला पारेको थियो । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।