मोरङ ।
मोरङको जहदा गाउँपालिका–२ बाट नियन्त्रीत लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जहदा गाउँपालिका–२ हरिनगरा क्षेत्रबाट लागूऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले ३६ केजी गाँजासहित स्थानीय २५ बर्षीय मुकेश गुरुङलाई मंगलवार (आज) पक्राउ गरेको हो ।
रातको समयमा प्लास्टिकमा गाँजा प्याक गरेर सिमा क्षेत्रबाट भारततर्फ लैजादै गरेको अवस्थामा गुरुङ पक्राउ परेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।