झापा । 

झापाको मेचीनगर  नगरपालिका वडा नम्बर ६ बाट नेपालबाट भारत तर्फ अबैध रुपमा लगिदै गरेको अन्दाजी एकलाख ८३ हजार पाँचसय रुपैयाँ मूल्य बराबरको सुपारी प्रहरीले पक्राउ गरेको छ । 

 मेचीनगर–६ स्थित दुर्गा मन्दिर र जेसीका ठ्याकबाट जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले अवैध सुपारी नियन्त्रणमा लिएको हो । 

सोमवार (आज) छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अबैध सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।