इलामा । 

नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) को आयोजनामा इलामको सुर्योदय नगरपालिका कन्याममा तीन दिने क्षमता अभिबृद्धि तथा   नेतृत्व विकास तालिमको शुरु भएको छ । 

संघमा आबद्ध सदस्यको  नेतृत्व विकासका लागि आइतबारबाट शुरु भएको तालिम मङ्लबार सम्पन्न हुनेछ । तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर एण्ड कर्मशका उपाध्यक्ष तथा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गरेका थिए  । 

उद्घाटन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा पछिल्लो सयम परिवर्तन आएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पौडेलले  युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए । नीजि क्षेत्रमा ठुलो हिस्साले काम गरिरहेको बताउंदै उनले कामदारले पनि आफ्नो क्षमतालाई भरपुर सदुपयोग गर्न सक्नु पर्ने बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले सर्वप्रथम मानिसले आफूले आफैँलाई नेतृत्व गर्नु पर्नेमा जोड दिंदै स्थापित हुनका लागि व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको धारणा राखेका थिए । 

तालिममा सहभागीलाई यूएनआईकय एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण दिंदैछन् । नेतृत्व विकास बारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले समेत प्रशिक्षण दिने बताइएको छ ।  युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनिकमका केन्द्रिय महासचिव लेखनाथ दाहालले गरेका थिए । 

कार्यक्रममा बिशेष अतिथि सुर्योदय नगरपालिकाका उपमेयर दुर्गाप्रसाद बराल, बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा युनिकमका केन्द्रिय कोषाध्यक्ष दुर्गा भट्ट, उपाध्यक्ष रबिन भुषाल, केन्द्रिय सदस्यहरु तथा बाग्मतीसहित प्रदेश १ का युनिकम सम्बद्ध पादधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।