झापा । 

झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ गैरी गाँउस्थित भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदैं गरेको कपडा र जुत्ता चप्पल प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले आइतवार (आज) साडी, कुर्था सुरुवाल, कुर्ती, लेगिज, सटको थान कपडाहरु एकलाख हजार रुपैयाँ मुल्य बराबरको नियन्त्रणमा लिएको हो । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले मेचीनगर–६ बाट भारतदेखी अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेको स्पोर्टस सुज .६० हजार रुपैयाँ बराबरको सामान पक्राउ गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।